राजु लामा र करण राईको ‘धन्यवाद’ गीत सार्वजनिक

चर्चित गायक राजु लामा र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता करण राईको ‘धन्यवाद’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भ्वाईस अफ नेपाल सिजन ४ विजेता बनाउन सपोर्ट गर्ने फ्यानहरुका लागी समर्पित गीतमा कोच राजु र बिजेता करणको स्वरमा रहेको छ । राजुकै शब्द तथा संगीत रहेको गीतलाई देबेश राईले एरेञ्ज तथा मिक्सिङ गरेका छन् । यो गीत करण राई युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतको बारेमा करणले लेखेका छन् ‘ नमस्कार-सेवा-सेवारो सम्पूर्णमा ! ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को यात्रामा यहाँहरुले जति माया,साथ,हौसला र आशिर्वाद दिनुभयो । त्यसको बदलामा मैले जति नै धन्यवाद दिए पनि सायद कम हुन्छ । तथापी हजुरहरुले दिनुभएको प्रेमको निम्ति केही दिन नसके पनि मेरो गुरु÷कोच आदरणीय राजु लामा सर र मेरो तर्फबाट हाम्रो आवाजमा यी नै कृतज्ञताको शब्दहरु सहित यो ‘धन्यवाद’ गीत यहाँहरु माझ अर्पण गर्दछौं । आशा छ ! यहाँहरुले हामीलाई यसैगरी माया,प्रेम,साथ,हौसला र आशिर्वाद दिइरहनु हुनेछ ।

‘धन्यवाद’ गीतको भिडियोमा गूरु–चेला राजु र करण नै फिचर्ड छन् । गीतको शब्दहरुमा दर्शकको माया खेर जान नदिने वाचा राजु र करणले गरेका छन् । यस भिडियोमा ईशक जाबेगुको निर्देशनसंगै सिनेमाटोग्राफी रहेको छ, भने इडिट तथा कलर सुप्रिम पराजुलीको रहेको छ ।