‘अदृश्य’को फस्टलुकमा प्रमोद, सोहित र रिस्ताको फरक गेटअप


साउनको १९ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्म ‘अदृश्य’को फस्टलुक सार्वजनिक गरिएको छ । यो फिल्मको फस्टलुकमा कलाकारहरु प्रमोद अग्रहरि, सोहित मानन्धर र रिस्ता बस्नेतलाई स्थान दिइएको छ । उनीहरु तिनै जनाको गेटअप निकै फरक छ ।

पिताम्बर फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापति, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीपबाबु लोहनी, रुपेश दाहाल लगायतका कलाकारको अभिनय छ ।

आकाश उखेडाको कथा, पटकथा तथा संवादमा तयार भएको यो फिल्ममा उत्तम हुमागाँई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, बनिष शाहको सम्पादन छ । मिना बस्नेत निर्माता रहेको फिल्ममा सीएम भारद्धाज सुवेदी सह–निर्माताको रुपमा छन् । फस्टलुकले फिल्म डार्क थ्रीलर कथामा तयार भएको अनुमान गर्न सकिन्छ ।