रेखाको फिल्मबाट पाश्र्व गायनमा एलिनाको डेब्यू


गायिका एलिना चौहानले पहिलो पटक फिल्मको गीतमा स्वर दिएकी छिन् । बाबुल गिरीको संगीत र शंकर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा एलिनाले स्वर दिएकी हुन् । 

आधुनिक गीतसंगीतमा एलिना चर्चित छिन् । तर, अब उनले फिल्मको गीतमा पनि आफूलाई डेब्यू गराएकी छिन् । यसले उनको फिल्मी करिअर पनि सुखद हुने अपेक्षा गर्न सकिन्छ । 

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार हुने फिल्ममा रेखा थापा र नायिका पूजा शर्माको मुख्य भूमिका रहनेछ । यो फिल्मको कथावस्तुमा ज्ञानेन्द्र गम्भिर रुपमा लागिपरेका छन् । फिल्ममा तिन नायिका हुनेछन् । फिल्मको नाम र तेश्रो नायिका फाइनल भैसकेका छैनन् । 

फिल्मलाई एक्सन तथा सामाजिक कथामा निर्माण गर्ने तयारी गरिएको छ । फिल्मको छायांकन साउनबाट सुरु गर्ने रेखाको योजना छ ।