रोबिन तामाङको अन्तिम गीत ‘धुवा’ सार्वजनिक, राजेश पायलले दिए साथ


रक स्टार गायक रोबिन तामाङ्गको केही दिन अगाडि निधन भयो । उनको पार्थिव शरीरमा आज राष्ट्रि झण्डा ओडाउँदै अन्तिम संस्कार गरिएको छ । 

नेपाली गीतसंगीत र अभिनयको क्षेत्रमा गायक तामाङले उल्लेखनीय योगदान गरेका छन् । उनै, तामाङको स्वर रहेको अन्तिम गीत ‘धुवा’ सार्वजनिक गरिएको छ । 

निर्देशक तथा सम्पादक निरञ्जन पाण्डेले यो गीत फिल्मका लागि तयार पारेका थिए । तर, रोबिन तामाङको असमायिक निधन भएपछि उनलाई नै अन्तिम श्रद्धाञ्जली दिदै यो गीत सार्वजनिक गरेका हुन् । 

एमआईसी युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतले जिन्दगीलाई धुुवामा नउडाउन सन्देश दिएको छ । गीतमा रोबिनलाई गायक राजेश पायल राइले पनि साथ दिएका छन् । सुरेश राईको शब्द तथा संगीतमा तयार भएको गीतमा राजेश र रोबिनलाई नै फिचर गरिएको छ । गीतको र्यापको शब्द भने रोबिनले नै लेखेका छन् । 

सोनाम तामाङको छायांकनमा तयार भएको यो भिडियोलाई निरञ्जन पाण्डेले सम्पादन गरेका हुन् ।