दिपशिखा र सृष्टि फिचरिङ म्युजिकल फिल्म 'समलिङ्गी'

नेपाली गीत संगीत बजारमा एक नितान्त फरक र नयाँ प्रकारको 'समलिङ्गी' नामक म्युजिकल फिल्म सार्वजनिक भएको छ। विगतमा पनि म्युजिकल फिल्महरू नआएका होइनन् तर हालसम्म निस्केको र बनेको भन्दा फरक कथा र विषय समेटेर बनाइएको दाबी निर्माण पक्षको रहेको छ।

शिरिशा पौडेलको शब्द ,भिम बिसिको संगीत तथा समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन्। दीपशिखा खड्का र सृष्टि खड्का फिचरिङ उक्त भिडियोको सिलन लम्सालले सम्पादन गरेका छन्।

सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक वसन्त सापकोटा यो म्युजिकल सिनेमामा भने आफू क्रीएटिभ डाइरेक्टरका रूपमा काम गरेका बताएका छन्। भिडियोलाई दीपशिखा खड्काले निर्देशन गरेकी हुन्।