‘मायाले दिएको एक सुक्का’ सार्वजनिक

गायक सुमन केसी र गायिका विद्या तिवारीको स्वरमा रहेको गीत ‘मायाले दिएको एक सुका’को भिडियो सार्वजनिक भएको छ । गीतमा डीपी खनालको शब्द, हरि लम्सालको संगीत र संगीत संयोजन तथा प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ छ ।

अभिनेता पल शाहको कथा र कन्सेप्ट रहेको भिडियोमा रियाशा दाहाल र मनोज पौडेल खत्री फिचर्ड छन् ।

अर्जुन तिवारीको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र कलर ग्रेडिङ, सरिता मगरको मेकअप, आश्री क्रिएसनको कष्ट्युम र मनोज जोशीको प्रोडक्सन छ ।

भिडियो कृति आर्टस्बाट रिलिज गरिएको हो ।