सर्जुन राई र अस्मिता अधिकारीको स्वरमा ‘मनका भावना’

गायक सर्जुन राई र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मनका भावना’को भिडियो सार्वजनिक भएको छ । गीतमा अल्बिन थापा मगरको शब्द, प्रकाश नेपालीको संगीत, रोमन बज्राचार्यको म्यूजिक प्रोडक्सन तथा मिक्सिङ, मास्टरिङ छ ।

सर्जुन राईको निर्देशन रहेको भिडियोमा सागर थापा(ध्रुब) र सुजाता थुलुङ(राई) फिचर्ड छन् । भिडियोमा सागर र सुजातालाई रोमान्टिक भावमा देख्न सकिन्छ । भिडियोमा दर्शकले मुस्ताङका सुन्दर लोकेसन हेर्न पाउँछन् । लोकेसन अनुसार सागर र सुजाताको रोमान्स सुहाउँदो छ ।

भिडियोमा अबिनास मानन्धरको ड्रोन, निमा लामाको मेकअप, अनिल के मानन्धरको डीओपी छ । भिडियोकी निर्माता शान्ता राई हुन् । शान्ता मोसन पिक्चर्सको प्रस्तुती रहेको भिडियो एक्स–डिक्याम मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो ।