४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

नायक सलोन बस्नेतले केही महिना अगाडि फिल्म ‘हामी तीन भाइ’ साइन गरेका थिए । निर्माणपक्षले सलोन फिल्मको ३ वटा भाइ मध्ये एउटा भाइ भएको भन्दै मिडियामा खबर दिएको थियो । तर, छायांकन सुरु हुन केही दिन मात्र बाँकी रहँदा यो फिल्ममा सलोन बस्नेत छैनन् । फिल्मको लाइनअप पुरा भएको छ । फिल्ममा विनोद न्यौपाने र कुशल विष्ट मुख्य कलाकारको रुपमा अनुबन्धित छन् ।
मधुसूदन भट्टराईको निर्देशनमा तयार भएको यो फिल्मका लागि सलोनले सुरुवातमा साढे ४ लाख हारहारीको पारिश्रमिकमा फिल्म साइन गरेका थिए । तर, यो फिल्म निर्माण हुन केही समय लाग्यो ।
मधुसूदन फिल्म ‘दौँतरी’ बनाउने सुरमा लागे । तर, पछि फेरि उनले ‘दौत्तरी’को कामलाई पोस्टपोन्ड गर्दै ‘हामी तीन भाइ’ बनाउने तयारी थाले ।
तर, दोस्रो पटक सलोन बस्नेतले पारिश्रमिक १० लाख दिए मात्र आफू काम गर्न तयार भएको बताए । यसपछि, निर्माण पक्ष र उनीबीच काम अगाडि बढ्न सकेन । उनको ठाउँमा निर्माणपक्षले अन्य कलाकारलाई अनुबन्धित गर्यो ।
सलोन आफ्नै होम प्रोडक्शनको फिल्म ‘जय हो’ रिलिजको चटारोमा छन् । यो फिल्म भदौको ८ गतेबाट रिलिज हुँदैछ ।

बिहे अघि पूर्व मिस नेपालहरुसँग श्रृङ्खलाले साटिन् खुशी

‘चिठ्ठी’को ‘टुटेको तारा’ गीत सार्वजनिक

‘दान्भी’को फस्टलुकमा मेसिनगन बोकेकी पूजा

दीपक र केदारबिच बाहिरी ब्यानरको एक–एक वटा फिल्म खेल्ने सहमति

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

प्रतिक्रिया