एक भावनात्मक अभिव्यक्तिमा आधारित 'अन्धो हुन्छ माया'

'अन्धो हुन्छ माया' बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा बिश्वास गजमेरको स्वर विकास संगम राईको शब्द विक्रम राईको संगित र देवेश राईको एरेन्ज रहेको छ ।

एक भावनात्मक अभिव्यक्तिको थिममा आधारित उक्त गीतको भिडियोमा सुभम चाम्लिङ राई र पूजा तामाङ फिचर्ड छन् ।  उनीहरूलाई योगिन राई, विशाल पुरी र हर्क पहाडीले साथ दिएका छन् ।

ज्वाला राईको निर्देशन तथा सम्पादन रहेको भिडियोमा विशाल थापाको छायांकन मिलन विश्वकर्माको कलर ग्रेडिङ रहेको छ ।

पृथक् स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतमा रुबिन साहीको मिक्सिङ्ग मास्टरिङ्ग रहेको छ । भिडियो नेपाली आधुनिक गीतको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।