कर्ण र कमलाको ‘लुकी लुकी’मा पलसँग इभा

गायक कर्णराज गिरी र कमला रेग्मीको स्वरमा नयाँ गीत ‘लुकी लुकी’ सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको गीतमा दीपकप्रसाद ओलीको शब्द सृजना तथा अर्जुन पोखरेलको संगीत छ ।  

गीत डान्सिङ नम्बर भए पनि पूर्ण रुपमा रोमान्टिक रहेको गायक कर्णले बताए । उनले भने, ‘फेस्टिभलको माहोल आइरहेकाले हामीले रोमान्टिक गीतलाई त्यहि शैलीमा तयार गरेका हौँ । यसमा हामीले लुकेर लगाएको मायालाई देखाएका छौँ ।’ उनले अहिलेको पुस्तालाई पचासको दशकको माया प्रेम रमाइलो लाग्ने बताए । 

शुक्रबार सार्वजनिक साे गीतको भिडियोमा पल शाह र इभा गिरी फिचर्ड छन् । यी दुईको जोडी गीतअनुसार सुहाएको प्रतिक्रिया पाएको प्राप्त भइरहेको छ । गीतसंगीतकै आकर्षणले भिडियोमा जोडिएको पलले बताए । 

भिडियोमा विक्रम चौहानको निर्देशन र नृत्य निर्देशन छ । यसमा पवन सुस्लिङ्गको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कलर करेक्सन रहेको छ ।