प्रताप दास र नम्रता खरेलको स्वरमा 'बहार' सार्वजनिक

गायक प्रताप दास र नव गायिका नम्रता खरेलको स्वरमा रहेको गीत 'बहार'को भिडियो सहित सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा सागर अधिकारी शरदको शब्दर सङ्गीत, कुमार केसीको मिक्सिङ, मास्टरिङ छ, बिनोद कुमार भुजेलको रहेको छ | अनिल के मान्न्धरको निर्देशन तथा छाँयाकन रहेको छ । भिडियोमा निक्स शर्मा र दिभ्यानी ओलि फिचर्ड छन् ।

समसामयिक कथामा निर्माण गरिएको भिडियो उत्कृष्ट बनेको छ । भिडियोको निर्माता अरुण खरेल हुन् । एक्स-डिक्याम मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको भिडियोमा एसोसिएट डिरेक्टर सर्जुन राई हुन् भने भिडियोमा दिन्सन शाहको सम्पादन रहेको छ । भिडियो नम्रता खरेलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।