रामकृष्ण ढकालको आवाजमा रहेको 'दिन ढल्यो' सार्वजनिक

गायक रामकृष्ण ढकालको आवाजमा रहेको 'दिन ढल्यो' बोलको गीत सार्वजनिक भएको छ। 

गीतमा हिमाँशु रायमाझी गोधुलीको शब्द राम सिटौलाको संगीत विश्व अधिकारीको संगीत संयोजन रहेको छ । 

युगल जोडि बिच हुने  प्रेम र बिछोडको कथा देखाईएको सार्वजनिक गीतको भिडियोमा दिलिप समनद्वारा निर्देशन प्रज्वल जङ्ग कार्क‌ी, अनिमा बिश्वकर्मा, रितेश ढकालको अभिनय रहेको छ। उक्त गीतको भिडियोमा मिलन सँकरको छायाकंन छ ।

भिडियोमा फराज अर्पणको सम्पादन तथा कलरिङ्ग रहेको छ।