ज्वाला राईको स्वरमा सजिएको ‘मान्जी’

चर्चित गायक ज्वाला राईको स्वरमा सजिएको ‘मान्जी’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ साहित्यकार राजन मुकारुङको शब्द रहेको गीतको संगीत देनेश काजी वान्तवाले गरेका हुन ।

त्यसैगरि यस गीतको एरेन्जर बिशम आचार्य गितारमा सन्जिव बराइली र राहुल विश्वकर्मा साराङ्गिमा हेमन्त कान्छा र मनिका गन्धर्व र मादलमा पोशन मगरको रहेको छ । भने गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

पवित्रा राईले निर्देशन गरेको सार्वजनिक भिडियोमा गायक स्वयम ज्वाला र वेदना राईसँगै बिशम आचार्य ,सुनिल तामाङ , विवश भट्टराई र नवीन कुमार सुनुवारको अभिनय रहेको छ ।

त्यस्तै भिडियोको कोरियोग्राफिमा मनि कुमार राई क्यामारामा विशाल थापा र कलर इडिटिङ्गमा ज्वाला राईकै रहेको छ । उत्कृष्ट निर्देशकिय पक्ष रहेको यस गीतको भिडियोमा प्रयोग भएको ‘मान्जी’ भन्नाले राई वान्तवा भाषामा माइली भन्ने शब्द जनाउँछ ।