अञ्जुको 'तीजको लहर'मा दीपाश्रीको छमछमी

गायिका अञ्जु श्रेष्ठले हरेक वर्ष तीजको गीत लिएर आउने गर्छिन् । यसपटक पनि उनले तीजको लहर लिएर आएकी छिन् । विगत ६-७ वर्षदेखि उनी नियमित रुपमा तीज गीत लिएर आउने गरेकी छिन् । 

अञ्जु श्रेष्ठले यस वर्ष तीजको युगल गीत बनाएकी छिन् । विगतका वर्षहरूमा एकल स्वर लिएर आउने गरेकी अन्जुले यस पटक बिना भट्टराईलाई पनि साथ लिएकी छिन् । यस पटकको तीज गीतमा आफ्नो स्वर दिनुका साथै बिना भट्टराईले शब्द पनि लेखेकी छिन् ।

गीतमा मीन गुरुङले संगीत गरेका छन् भने, सुदिप सागरले एरेन्ज गरेका छन् । गीतको मिक्सीङ एवं मास्टरिङ श्यामश्वेत रसाइलीको रहेको छ  । 
 
गीतको भिडियोमा मुख्य फिचरिङ दीपाश्री निरौला भएकी छिन् भने स्वयं अन्जु श्रेष्ठ र बिना भट्टराईले नै कम्मर मर्काएका छन् । गीतको निर्देशक तथा छायाँकन ज्ञानेन्द्र शर्माले गरेका हुन्। नृत्य निर्देशक सन्तोष राजवाहकको रहेको छ । गीतको सम्पादन विवेक उप्रेतीको रहेको छ ।

गीत सार्वजनिक भएसँगै अन्जु श्रेष्ठले महिलाहरूको महान चार्ड तीजको सांस्कृतिक धर्म निर्वाह गर्नका लागि पनि आफूले यसरी गीत हरेक तीजमा लेराउने गरेको बताइन् ।