करण राई ‘पिरतीको मुस्कान’ लिएर मिरुना मगरको पछि लागे

अभिनेत्री मिरुना मगर र गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्द रहेको छ । देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको गीतलाई लीला र अन्जु सेलिङले निर्माण गरेका हुन्, भने करणको स्वर रहेको छ ।

यस गीतका निर्देशक शान थापाले करणसँगको सहकार्य तेस्रो रहेको बताउँदै करण जी को अभिनयमा पनि निखार आएको बताए । शानका अनुसार करणले एक हप्तामा सिकेको डान्स म्युजिक भिडियोमा देख्न सकिने बताउँदै स्यालुटपनि गरेका थिए ।

फिल्मी शैलीमा तयार भएको भिडियोको प्रस्तुतिका कारण मिरुना र करणको जोडी जमेको छ । यो म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्, भने रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् । भिडियोमासुप्रिम पराजुलीको सम्पादन, कलर रहेको छ ।