'उडान' म्युजिकल सर्ट फिल्मको टिजर सार्वजनिक

'उडान' म्युजिकल सर्ट फिल्मको टिजर सार्वजनिक भएको छ । म्युजिकल सर्ट फिल्म गीतको सुरुमा प्रेमी प्रेमिकाको अथाह प्रेम देखाइएको भिडियोमा पछि उनीहरूबिच निम्त्याएको द्वन्द्व चित्रण गरिएको बुझ्न सकिन्छ ।

मुभिज इन्फिनिटी क्रिएशनको प्रस्तुति रहेको यस म्युजिकल सर्ट फिल्ममा अजुन देवसन, बिना श्रेष्ठ, गोब्रिएल डीन, रोनिन मोलास्ची, जोन हर्जलर युवराज थापा, ओमर कसराज र राजु गिलानीको अभिनय रहेको छ ।

यस गीतमा सुरेश राईको शब्द संगीत रहेको छ भने गायिका प्रविशा अधिकारी र सोनप पौडेलको आवाज रहेको छ । 

यस्तै, म्युजिकल सर्ट फिल्ममा बलराम बुढाथोकीको सिनेमेटोग्राफर कलरिङ रहेको छ । भिडियोलाई निरञ्जन पाण्डेयले निर्देशन तथा सम्पादन गरेका छन् ।

ओमर कासाराज र भिक्टर जाभालाको प्रोडक्शन डिजाइन रहेको यस गीतमा केइटी ब्रानहमको श्रृंगार छ । साथै, यो म्युजिकल सर्ट फिल्म चाँडै नै सार्वजनिक गरिने निर्माण टिमले बताएको छ ।