क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

नेपालको चर्तित सांगीतिक ब्याण्ड नेपथ्यले पहिलो पटक क्यानाडाको संगीतयात्रा गर्ने भएको छ। अक्टोबर- १ तारिखमा निर्धारित तालिका अनुसार नेपथ्यले त्यहाँको क्यालगरी सहरको 'दी प्यालेस थिएटर'मा प्रस्तुति दिन लागेको हो। 

त्यसपछि अक्टोबर-४ मा भ्यानकुभर सहरको 'दी भोग थिएटर' मा नेपथ्य कन्सर्ट हुँदै छ। अक्टोबर-८ मा ब्याण्ड टोरन्टोस्थित क्यानाडाकै बिख्यात कार्यक्रम स्थल 'म्यासी हल' मा कन्सर्ट हुँदै छ। यी दुवै सहर क्यानाडाको पश्चिमी भेगमा पर्छन्।

यात्राको अन्तिम शो भने मुलुककै पूर्ववर्ती सहर टोरन्टोका दर्शक माझ हुनेछ। अक्टोबर ८ तारिख, आइतबारका दिन ब्याण्ड टोरन्टोस्थित क्यानाडाकै विख्यात कार्यक्रम स्थल ‘म्यासी हल’मा प्रस्तुत हुनेछ।

सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ। क्यानाडा नेपथ्यको १७ औं गन्तव्य राष्ट्र हुनेछ। क्यानाडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रूव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरूङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।

केही समययता नेपालीहरूका निम्ति क्यानाडा आप्रवासनको आकर्षक गन्तब्य बन्दै आएको छ। त्यसमा पनि विशेषगरि अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीहरूको संख्या वर्षेनी बढ्दो छ।

कन्सर्टका निम्ति स्थानीय समय अनुसार बेलुकीको पाँच बजे प्रवेश खुला गरिनेछ भने ठीक सात बजे कन्सर्ट सुरु हुनेछ। आनलाइनबाट टिकटको बिक्रि व्यवस्थापन भैरहेको यात्राका सबै कन्सर्टहरुमा विद्यार्थी समुहको निम्ति विशेष छुटको ब्यवस्था पनि गरिएको छ। टिकट तथा अन्य जानकारी नेपथ्यको अधिकारिक वेबसाइटबाट लिन सकिन्छ।