निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'

गायक प्रताप दास र गायिका मिलन नेवारको स्वरमा रहेको ‘सक्दिनँ तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा द्रिप चाम्लिङको शब्द, अर्जुन पोखरेलको संगीत छ ।

राजेश पुमा राई निर्देशित भिडियोमा निराजन प्रधान र करिश्मा श्रेष्ठ फिचर्ड छन् । मुस्ताङको सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोमा निराजन र करिश्मालाई रोमान्टिक भावमा देखाइएको छ ।

निराजन यतिबेला अष्ट्रेलियामा छन् । उनका अनुसार नेपाल आएको समयमा उनले यो भिडियोमा अभिनय गरेका हुन् ।

भिडियोमा राज दोङ आरडीको सहायक निर्देशन, असिम रानाभाटको स्टाइल, अस्मिता राईको मेकअप, प्रेम रसाइलीको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन र दीपेन्द्र गौतमको प्रोडक्सन छ ।

भिडियो द्रिप चाम्लिङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।