‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि

चर्चित गीत 'शिर सजाउने फूल' बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ ।

शिव परियारको स्वरमा रहेको उक्त चर्चित गीतको फिमेल भर्सनमा गायिका समीक्षा अधिकारीले गाएकी हुन्।

सगरमाथा डिजिटलले करिब १० वर्षअघि नै गायक परियारको स्वरमा यस गीतलाई बजारमा ल्याएको थियो। गायक परियारको स्वर रहेको यस गीतले युट्युबमा १८ लाख ४२ हजारबढी भ्युज पाएको छ।  १० वर्षपछि गीतले महिला आवाज पाएको हो।

कर्ण चापागाईंको शब्द रचनामा रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका छन्। ए प्लस रेकर्डिङ स्टुडियोमा यस गीतको रेकर्ड सबिर केसीले गरेका हुन् भने सरोज केसीले गितार बजाएका छन्। बाँसुरीमा रत्न विके छन् भने तबला तथा ढोकल बुढाथोकीले बजाएका छन्।

गायिका अधिकारीलाई वसन्त सापकोटाले नै पहिलो ब्रेक दिएका थिए ।

सार्वजनिक गीतको भिडियोमा गायिका अधिकारीलाई देख्न सकिन्छ। भिडियोलाई अनिल के मानन्धरको निर्देशन गरेका हुन्।