'तीन पाने रक्सी'मा पुष्प र अलिशाको छम छमी

'तीन पाने रक्सी' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको । 

सार्वजनिक गीतमा गायक परेश राई र गायिका अन्जु पन्तको स्वर रहेको छ ।  गीतमा डीपी खनालको शब्द सिर्जना अनिल कोयी राईको संगीत रहेको छ । 
यस्तै, राजु कार्कीको एरेन्ज र मिक्सिङ, मास्टरिङ छ ।

गीतको म्युजिक भिडियोमा पुष्प खड्का र अलिशा राई फिर्चड छन् । उनीहरुलाई अतिथि कलाकारको रुपमा सुनिता दिवानले साथ दिएकी छिन् ।

भिडियोमा कमल राई कोरियोग्राफी, दिनेश पराजुलीको सिनेमेटोग्राफी, अमृत ​​चापागाईको सम्पादन तथा कलरिङ रहेको छ भने अनिल कोयी राईको निर्देशन रहेको छ ।