'ठुली' गीतको भिडियोमा श्रद्धा र गौरवको जोडी

डाक्टर नवराज प्रधानको नयाँ गीत सार्वजनिक भएको छ।

सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको 'ठूली' बोलको गीतमा शब्द,संगीत र स्वर प्रधानकै रहेको छ। 

गीतको म्युजिक अरेन्जमेन्ट चाहिँ कालीप्रसाद बास्कोटाले गरेका छन्। 

भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन्। प्रेमी-प्रेमिकाको भुमिकामा यि दुई भिडियोमा प्रस्तुत छन्।

गीतको भाव अनुसार भिडियो उत्कृष्ट बनाइएको छ।  परिवारका कारण प्रेम सम्बन्धमा आउने उतारचढावको कथालाई भिडियोमा देखाइएको छ। 

गौरव र श्रद्धाका अलावा भिडियोमा निर्मल शर्मा, राम बहादुर अधिकारी लगायतका कलाकारहरूलाई पनि देख्न सकिन्छ।

भिडियोमा गौतमराज खड्काको कथा अनि निर्देशन रहेको छ। सौरभ लामाले खिचेको भिडियोलाई गौतमराज खड्काले नै सम्पादन गरेका हुन्।