'सत्य राम कसम'मा रोमान्टिक देखिए आरआर र करुणा

रवि ओड र नितु पौडेलको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

'सत्य राम कसम' बोलको सार्वजनिक गीतमा बाबुल गिरीको रचना, संगीत तथा कम्पोज रहेको छ ।

रोमान्टिक र प्रेम भाव बोक्ने गीतको भिडियोमा आरआर खड्का र करुणा श्रेष्ठ फिर्चड रहेका छन् । भिडियोमा आरआर र करुणाको केमेस्ट्री जमेको छ ।

सियोन श्रेष्ठले निर्देशन गरेको भिडियोमा अनिल के मानन्धरकोे छायांकन रहेको छ । यस्तै, भिडियोको सम्पादन तथा कलर शिलन लम्सालले गरेका छन् ।

यस म्युजिक भिडियोको निमार्ण शिशिर गुरुङले गरेका हुन् । सार्वजनिक भएको गीत दर्शक श्रोताको नजरमा परि सकेको छ भने युट्युबमा राम्रो प्रतिक्रियाको साथ भिडियोको भ्युज पनि बढी रहेको छ ।