फिल्ममा हिमेशको व्यस्तता बढ्दो, ज्वाइँ साब’मा अनुबन्धित

हाँस्य कलाकार हिमेश पन्त फिल्ममा  पनि व्यस्त हुन थालेका छन् । उनले, नयाँ फिल्म ‘ज्वाइँ साब’ साइन गरेका छन् । निर्माणपक्ष र उनीबीच फिल्मका लागि कागजी संझौता भइसकेको छ । 

रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा यसअघि कलाकार जितु नेपाल र नायिका नीति शाह फाइनल भइसकेका छन् । राज कुमार पण्डितको निर्माणमा तयार हुने यो फिल्ममा हिमेशको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन । 

यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गर्दैछन् । फिल्मको छायांकन वैशाखको १५ गतेबाट सुरु गर्ने तयारी गरिएको छ । फिल्मलाई आउँदो बर्षको तिहारमा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ । 

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यो फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । 

हिमेशले यसअघि ‘वर एण्ड बधु र शमशेर’ साइन गरिसकेका छन् ।