सेभेन सिजको ‘प्रोजेक्ट सारङ्गी’

विदेशमा नेपाली फिल्मको वितरण गर्दै आएको कम्पनी सेभेन सिज अब फिल्म निर्माणमा अगाडि आउने भएको छ । उसो त, सेभेन सिजले फिल्म ‘अगस्त्य’मा पनि लगानी गरेको थियो । तर, अब भने पूर्ण लगानी गर्दै निर्माता विनोद पौडेले दर्शकलाई नयाँ फिल्म लिएर आउने तयारीमा छन् । 

फिल्मको नाम ‘प्रोजेक्ट सारङ्गी’ राखिएको आज सार्वजनिक गरिएको एउटा पोस्टरबाट वुझ्न सकिन्छ । उसो त, फिल्मको सम्पूर्ण टिमको जानकारी वैशाख ७ गते घोषणा गर्ने तयारी गरिएको छ । 

यो फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्दैछन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत, विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । 

यो बर्ष नेपाली फिल्मको निर्माण बढ्ने निश्चित छ । यो फिल्मलाई आउँदो बर्ष मात्र रिलिज गरिने उल्लेख गरिएको छ । यो फिल्मले पनि जातियताको कथालाई उठान गर्ने वुझिएको छ ।