ऋचाको ‘सारंग’को सुटिङ सुरु

फिल्म ‘सारंग’को छायांकन सुरु भएको छ । यो फिल्मको छायांकन आइतबारबाट सुरु भएको निर्माणपक्षले बताएको छ । फिल्मको सम्पूर्ण छायांकन काठमाडौं आसपासमै हुनेछ । प्रशान्त तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा नायिका ऋचा शर्मा मुख्य भूमिकामा छिन् ।

एक महिनामा फिल्मको छायांकन सक्ने योजना निर्माणपक्षको छ । यो फिल्मले बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबिचको खाडलको कथा भन्नेछ । प्रशान्तले यसअघि बाल मनोविज्ञानमा आधारित फिल्म ‘ठूलो मान्छे’ निर्देशन गरेका थिए ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा तयार हुन लागेको यो फिल्ममा उत्पल झा, समिरमणि दीक्षित, सुरज तमु, मणी के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जंग केसीका साथमा बाल–कलाकारहरु सम्राट थापा र आदित्य कार्कीको मुख्य भूमिका रहनेछ । बाल दिवसको छेको पारेर फिल्म रिलिज गरिने निर्माणपक्षले बताएको छ ।