‘रङ्गेली’ निर्देशकको ‘सोल्टिनी’, दया र प्रकाशलाई अफर

गतबर्ष फिल्म ‘रङ्गेली’ निर्देशन गरेका निर्देशक अर्जुन सुवेदी नयाँ फिल्म ‘सोल्टिनी’को निर्देशनमा जुटेका छन् । यो फिल्मको नाम विकास बोर्डमा दर्ता समेत गरिसकिएको छ । यो फिल्मलाई भने उनले लभ स्टोरी कथामा निर्माण गर्ने तयारी गरेका छन् । पहिलो फिल्म ‘रङ्गेली’लाई भने उनले ग्याङ स्टार कथामा बनाएका थिए । 

यो फिल्मको छायांकन मंसिरको ११ गतेबाट सुरु गर्ने उनको योजना छ । फिल्मलाई वि.सं २०८२ सालको तीजमा रिलिज गर्ने तयारी समेत उनको छ । 

मेरो फिल्मलाई स्रोतले दिएको जानकारी अनुसार, यो फिल्मका लागि नायक दयाहाङ राई र गायक प्रकाश सपुतलाई अफर गरिएको छ । तर, यी दुबै सँग कागजी संझौता भने भइसकेको छैन । यसैले, यी दुई कलाकारले फिल्ममा काम गर्छन् या गर्दैनन् हेर्न बाँकी छ । 

उसो त, यसअघि पनि ‘सोल्टिनी’को नाममा फिल्म बनिसकेको छ । तर, कुनै पनि फिल्म बनेको १० बर्षपछि सोही नाममा अर्को फिल्म बनाउन पाइने नियम छ । यहीकारणले, अर्जुनले पनि ‘सोल्टिनी’ नाममा नै फिल्म बनाउने तयारी गरेका हुन् ।