मनकारी पल, प्राबिधिकहरुलाई ५ लाख सहयोग

काेराेना भाईरस (कोभिड -१९ ) को कारण न्युन आय भएका र दैनिक मजदुरी गर्ने फिल्म प्राबिधिकहरु मारमा परिरहेको बखत अभिनेता पल शाहले उनीहरुको लागि रु. ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् । उनले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूकाे जनजिवनलाई सहज बनाउनकाे लागि गरेको बताएका छन् ।

उनले लेखेका छन् -‘बिश्वव्यापी महामारीका रूपमा फैलिरहेकाे काेराेना भाईरस (कोभिड -१९ ) काे प्रभावले आम मानिसकाे जनजिवन प्रभावित भइरहेको छ । नेपाली चलचित्र क्षेत्र पनि यसको मारमा परेको सर्वविधित नै छ र यस्को पिडा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूकाे जनजिवनलाई सहज बनाउनकाे लागि मैले आर्थिक सहयाेग गर्ने घाेषणा गर्दछु । मेराे याे सहयाेग वितरण कार्यमा चलचित्र प्रविधिक संघ नेपाल (नेफ्टा) ले सहजिकरण गर्ने आशा गरेको छु । मैले व्यक्तिगत तर्फबाट पहिलाे चरणमा नगद रू ५,००,००० ( पाँच लाख ) रूपैया सहयोग गर्ने घाेषणा गर्दछु । आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईहरू सबैकाे साथमा म सधै हुनेछु ।’

बिश्वव्यापी महामारीका रूपमा फैलिरहेकाे काेराेना भाईरस(Covid-19)काे प्रभावले अाम मानिसकाे जनजिवन प्रभावित भइरहेको छ।…

Gepostet von Paul Shah am Freitag, 3. April 2020

पल आफै पनि प्राबिधिक हुदै अभिनेता भएकाले पनि प्राबिधिकहरुको मर्म वुझेको हुनुपर्छ । अभिनयको दुनियामा आउनुअघि उनि तराई टेलिभिजनमा भिडियो सम्पादक थिए । म्युजिक भिडियोहरु मार्फत अभिनय शुरु गरेका पलले ‘नाइँ नभन्नु ल – ४’ बाट फिल्ममा डेब्यु गरेका थिए ।

यस अघि दिपक राज गिरिको टिमले प्राबिधिकहरुलाई रु. १ लाख १० हजार सहयोग गर्ने घोषणा गरेको थियो ।

यो पनि पढ्नुहोस :

फिल्म प्राविधिकलाई दीपक राज गिरी र टिमको आर्थिक सहयोग