‘दि कर्मा’ को टिजर सार्वजनिक

फिल्म ‘दि कर्मा’को अफिसियल टीजर सार्वजनिक भएको छ । माघ १७ गतेबाट प्रदर्शनमा आउने फिल्मको टीजरमा नायिकाद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुंगानाको साथमा करण वर्मा र बुद्दी तामाङ्गलाई देख्न सकिन्छ । फिल्ममा नायिका राणाको भूमिका बोल्ड रहेको टीजरबाट अनुमान लगाउन सकिन्छ ।

फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । भारतिय कलाकारको अभिनयका कारण पनि यो फिल्मलाई चासोको रुपमा लिईएको छ । फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । फिल्ममा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । फिल्म रामेश्वर कार्कीले छायांकन गरेका छन् । ‘दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको निर्माता जय राज रायले बताए । नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि फिल्म रिलीज गरिने अर्का निर्माता श्रीदेवले बताए ।