‘सतीदेवि’मा काम गर्ने भएपछि मलिकाले गरिनन् पलसँगको भिडियो


नायिका मलिका महत्त र नायक पल शाहले एक वर्ष अगाडि काम गरेका केही म्युजिक भिडियोहरूले बजारमा तहल्का नै पिटे । ‘फूलबुट्टे सारीदेखि टाढा भएपनि’ लगायतका गीतहरूले युट्युबमा करोडौं भ्यूज पाएका छन् । यसैले, पनि पल र मलिकाको जोडीले बजारमा एकछत्र राज गरेको थियो ।

तर, नायक पल शाह जेल गएपछि भने यी दुईको भिडियो बजारमा आएन । तर, पल गतबर्षको फागुनको १५ गते जेल बाहिर निस्किएसँगै म्युजिक भिडियोमा सक्रिय छन् । 

उनै, पलले आफ्नै निर्देशनमा ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको गीतको फिमेल भर्सनबाट भिडियो बजारमा कमब्याक गर्ने पक्का भएको थियो । भिडियोमा पल शाह र नायिका तथा मोडल मलिका महत्तको अभिनय रहने चर्चा थियो । 

तर, अन्तिममा पलले अर्की मोडल सनिसा भट्टराईसँग भिडियोमा काम गरेका छन् । यो भिडियो चाँडै नै रिलिज हुने पल शाहको टिमले बताएको छ । 

यो भिडियोका लागि पलको टिमले बारम्बार मलिकालाई अफर गरेको थियो । मलिकाले फिल्म ‘सतीदेवि’को तयारी गरिरहेकी छिन् । यो फिल्म पूर्ण रुपमा उनीमाथि केन्द्रित छ । यसैले, पनि मलिकाले यो फिल्मको छायांकन सकिनु अगाडि कुनै पनि प्रोजेक्टमा काम गर्ने तयारी गरेकी थिइन् । यसैले, उनी र पलबीच सहकार्य हुन पाएन । फिल्मका निर्देशक लक्ष्मण सुवेदीले पनि मलिकालाई फिल्ममै बढी केन्द्रित हुन सुझाव दिएका थिए । 

मलिका र पलको जोडीको सहकार्य यसपटक हुन पाएन । अब, पलको जोडी सनिसासँग कति सुहाउँछ, त्यो गीत आएपछि थाहा हुनेछ ।