आकाश र करुणा जोडीमा हिट, फिल्ममा छैनन् फिट

नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठ म्युजिक भिडियोमा छाइरहेका छन् । यो जोडीको हालको अवस्था हेर्ने हो भने केही म्युजिक भिडियोहरू सार्वजनिक भइरहेका छन् भने केही सार्वजनिक हुने क्रममा रहेको सामाजिक सञ्जालमा सेयर भएका पोस्टले प्रस्ट्याउँछ । 

आकाश र करुणाबीचको प्रेम चर्चा पनि लामो समयदेखि फिल्म क्षेत्रमा चल्दै आइरहेको छ । हुन त सार्वजनिक रूपमा यी दुईले प्रेम स्वीकार गरेका छैनन् । तर, यी दुई एकसाथ विदेश यात्रा देखि एकले अर्कोलाई म्युजिक भिडियोमा सिफारिस गर्ने गरेको समेत चर्चा हुने गरेको छ । 

आकाश र करुणा जोडीको जति चर्चा हुने गरे पनि फिल्ममा भने खासै जम्न सकेको छैनन् । उनीहरूको जोडीलाई कुनै पनि मेकर फिल्ममा लिन तयार छैनन् । 

कोभिड १९को महामारी पछि आकाश र करुणाले एक एक फिल्म गरेका छन् । ती फिल्म रिलिज भएपछि उनीहरूका कुनै पनि फिल्म रिलिज हुन सकेका छैनन् । 

आकाशको यो वर्षको भदौमा फिल्म ‘हिँड्दा हिँड्दै’ रिलिज भयो । यो फिल्म रिलिज भए यता आकाशले नयाँ फिल्म साइन गरेका छैनन् । आकाशलाई जो कोहीले हातमा कुनै पनि नयाँ फिल्मको प्रस्ताव समेत दिएका छैनन् । 

उसो त, आकाशको लुक्सको फिल्मी क्षेत्रमा सर्वाधिक धेरै चर्चा हुने गरेको छ । तर, जति उनको चर्चा भए पनि दर्शकमाझ फिल्मी पर्दामा आउन आकाशलाई गाह्रो भइरहेको छ । 

यता, नायिका करुणा २०७५ साल माघ १८ गते रिलिज भएको फिल्म ‘ सयकडा दश’ र २०७८ पुस १६ गते फिल्म ‘कठपुतली’ रिलिज भयो । यसपछि करुणा पनि कुनै पनि नयाँ फिल्ममा देखिन सकेकी छैनन् । आकाश झैँ उनी पनि म्युजिक भिडियोमा काम गर्न पाउँदा गमक्क छिन् । 

आकाश र करुणाको पछिल्लो समय फिल्म नहुनु र मेकरले समेत प्रस्ताव नराख्दा  कतै उनीहरूका समर्थकलाई फिल्मी जोडीका रूपमा हेर्ने आम चाहाना अहिले नै पुरा हुन नहुने आशङ्का देखिन्छ । हुन त उनीहरू हिट जोडी भनेर बजारमा जति नै कहलिए पनि न त फिल्ममा सँगै काम गर्न पाएका छन्, न त नयाँ फिल्म नै पाएका छन् । बस उनीहरू म्युजिक भिडियोमा मात्रै हिट भएका छन् ।