सौगातको हालत देखेर चिन्तित नाजिर

नायक सौगात मल्लको एक तस्विर सार्वजनिक गर्दै नायक नाजिर हुसेनले चिन्ता व्यक्त गरेका छन् । सामाजिक संजालमा उनले पोष्ट गरेका एक तस्विरमा सौगात फुटपाथमा रहेको देख्न सकिन्छ । 

यो तस्विर सार्वजनिक भएपछि सौगातका फ्यानहरुमा पनि निकै चासो बढेको छ । तर, सौगातको यो गेटअप वास्तविक हो या कुनै फिल्मको हो भन्ने खुलेको छैन । 

सौगात मल्लको तस्विरमा नाजिरले लेखेका छन्–‘यो के हालत बनाउनु भयो दाई तपाइले ? तपाई यस्तो मान्छे होइन ।’

सौगात मल्लको हातमा पाउरोटी देखिन्छ । उनको कपाल पनि निकै विग्रीएको छ । लामो समयदेखि ननुहाएको जस्तो देखिने उनको तस्विरले यतिबेला धेरैको ध्यान खिचेको छ । 

सौगात मल्लले पछिल्लो समय एकपछि अर्को फिल्ममा काम गरिरहेका छन् । कतिपयले सौगातले यो फिल्मको लागि बनाएको हुन सक्ने अनुमान गर्दै उनको प्रशंसा पनि गरिरहेका छन् ।

तर, नाजिरले सामाजिक संजालमा तस्विर पोष्ट गर्दा कुनै पनि कुरा नखुलाएकाले सौगातका फ्यानलाई मात्र नभएर आम मानिसहरूमा समेत तस्विरलाई लिएर उत्सुकता र कौतुहलता बढेको छ ।