फेरि त्यो प्रेम संझन चाहन्नन् एलिना

गायिका एलिना चौहान र उनका प्रेम विष्णु सापकोटाबीच ब्रेकअप भएको केही महिना भयो । प्रेममा ब्रेकअप भएपछि एलिना केही समय तनावमा रहिन् । 

तर, अहिले एलिना विष्णुको प्रेममा पाएको धोकाबाट बाहिर आइसकेकी छिन् । उनी, मेला महोत्सवमा ‘धोकेबाज हौँ तिमी’ बोलको गीत गाउँदै दर्शक तानिरहेकी छिन् । 

एलिना अब विष्णुको प्रेम आफूले सम्झन नचाहेको र त्यसबाट बाहिर आएको बताउँछिन् । एलिनाले विष्णुसँग ब्रेकअप बिर्सिसकेपछि उनको ब्रेकअपको घटना बाहिर आएको छ । यसले, एकपटक फेरि एलिनालाई चर्चामा ल्याइदिएको छ । एलिनाले ब्रेकअपबाट आफूले राहत पाइसकेको पनि तर्क गरेकी छिन् । 

यसबाट पनि के बुझिन्छ भने, एलिना अष्ट्रेलीयामा बस्दै आएका विष्णुसँगको प्रेमको बारेमा अब कुरा गर्न नै चाहन्नन् । किनकी, यो प्रेमको कुरा गर्दा उनलाई फेरि विगतले पिरोल्न थाल्छ ।

तर, एलिनाको ब्रेकअप भएपछि उनको सर्वाधिक हिट गीत ‘धोकेबाज हौँ तिमी’ सामाजिक संजालदेखि मिडियामा फेरि चर्चामा आएको छ । तर, एलिना भने विष्णुसँगको प्रेममा ‘फेरि त्यो दिन संझिन्न चाहन्नँ’ भन्ने अवस्थामा पुगिसकेकी छिन् ।