अलबिदा श्रीदेबी

अभिनयबाटै करोडौं दर्शकको मन जित्न सफल भएकी बलिउडकी बरिष्ठ अभिनेत्री श्रीदेवी को निधन भएको छ । दुबईमा रहँदा उनलाई हृदयघात भएको र हृदयघातका कारण दुबई मै उनको निधन भएको बलिउड मिडियाहरुले पुष्टि गरेका छन । बलिउड फिल्मको पहिलो सुपरस्टारको उपमा पाएकी श्रीदेवी ५५ बर्षकी थिईन् । उनको यो निधनलाई असमायिक भनिएको छ । उनले २०१३ मा पद्मश्री सम्मान पाएकी थिइन् । श्रीदेवीको राती ११ बजेर ३० मिनेट जाँदा निधन भएको जानकारी पारिवारीक स्रोतले दिएको छ ।

श्रीदेवी आफ्नो परिवार सहित वैवाहिक समारोहमा सहभागी हुन दुबई पुगेकी थिइन् । उनको निधनको खबर सुनेपछि मुम्बई स्थित उनको घर अगाडि आफन्त तथा शुभचिन्तकहरुको भीड लागेको छ । उनकी ठूली छोरी जाहान्वी मुम्बईमा नै छिन् । उनको निधनमा बलिउडका सेलिब्रेटीहरुले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।