कस्तो छ ‘पुष्पा २’को टिजर ?

बर्षकै प्रतीक्षित फिल्म ‘पुष्पा २’को टिजर सार्वजनिक भएको छ । सुकुमारको कथा, पटकथा तथा निर्देशनमा तयार भएको यो फिल्म अगस्ट १५ मा विश्वव्यापी रिलिज हुनेछ । ‘पुष्पा’ले बक्स अफिसमा धुम मच्चाएकाले यसको सिरिजको दर्शकमा उच्च प्रतीक्षा छ । 

यो फिल्ममा साउथका सुपरस्टार अल्लु अर्जुन र नायिका रश्मिका मन्दनाको मुख्य भूमिका छ । फिल्मको टिजरमा अल्लु अर्जुनको फरक अवतार हेर्न सकिन्छ । सारी लगाएर अनुहारमा मेकअप गरेका अल्लुको इन्ट्री र उनको एक्सन अवतार टिजरमा देख्न सकिन्छ । 

यो फिल्मले बक्स अफिसमा धुम मच्चाउने अपेक्षा गरिएको छ । तर, यो मितिमा बलिउड फिल्म ‘सिंघम ३’ पनि रिलिज हुँदैछ । जसकाकारण यी दुई फिल्मको बक्स अफिसमा टकराव भने आक्रामक हुने विश्लेषण बलिउड पण्डितहरूको छ ।