हिम्मतवाली ‘नैना’को कथा हिच्की

यस राज फिल्म्सको ब्यानरमा निर्मित चलचित्र ‘हिच्की’ आजबाट प्रदर्शनमा आएको छ । एक शिक्षिकाको रुपमा नैना माथुर (रानी मुखर्जी) लाई प्रस्तुत गरिएको छ जो एक प्रकारको मानसिक रोगबाट ग्रसित छिन । धेरै अस्विक्रितिका बावजुत उनी सहरको एक चर्चित स्कुलमा काम गर्न गएकी छिन, तर त्यहाँ उनलाई बिद्यार्थीहरुले मजाकको पात्र बनाउदै आफ्नी शिक्षिका मान्न तयार छैनन् । यो एक महिलाको कथा हो जसले आफ्नो कमजोरीलाई शक्तिको रुपमा परिवर्तन गरेकी छन् ।
शिद्धार्थ मल्होत्राद्वारा निर्देशित चलचित्र हिच्कीका बारेमा रानी मुखर्जी भन्छिन “यो फिल्ममा पाइने मुख्य कुरा भनेको कमजोरीलाई कसरी शक्तिको रुप दिने भन्ने हो । यदि मानिसहरु ‘तिमी, तिम्रो कमजोरीको कारण सफल हुन सक्दैनौ’ भन्छन भने त्यो समय तिमीले आफूलाई सक्षम साबित गरेर देखाउन जरुरी छ । यस चलचित्रको माध्यमबाट नैनाले देखाउन खोजेको कुरा भनेकै तिमीले केही प्राप्त गर्ने या नगर्ने भन्ने कुरा तिम्रो चाहनामा भर पर्छ । आफुले आफुलाई सक्षम बनाउने हो नकी अरु कसैले ।”