‘हाउसफूल ४’ मा अक्षय कुमारको अपोजिटमा क्रिती सनोन्

अक्षय कुमार र क्रिती सनोनका फ्यानहरुलाई एक खुशीको खबर आएको छ । अक्षय कुमार र क्रिती सनोन् एकै साथ ‘हाउसफूल ४’ मा स्क्रिन सेयर गर्दैछन् । साजित नडिएडवालाको सफल र चर्चित फिल्म हाउसफूल सिक्युएलमा क्रिती सनोन्लाई पाउने पक्का भएको छ ।

क्रितीले आफू एकदमै एक्साइटेड रहेको बताए । उनको पहिलो फिल्म ‘हिरोपन्ती’ मा उनले साजितसँगै काम गरेकि थिइन् त्यसैले उनी धेरै समयपछि आफ्नो घर फर्केको महसुस् भएको बताए । क्रितीसँगै रितेश देशमुख र बबि देवललाई पनि फिल्ममा हेर्न सकिन्छ । पहिलो पटक अक्षय कुमारसँग क्रितीको रोमान्स हेर्न पाईने भएको छ ।पहिलो सिक्युएलमा दिपिका पादूकोन ,लरा दत्ता, जिया खान रहेको थियो ,दोस्रोमा ज्याकयूलिन फरनान्डेज ,जरिन खान भने तिस्रोमा ज्याकयूलिन् ,लिसा हेडोन र नार्गिस् फख्री लगायतका कलकारहरुको मुख्य अभिनय रहेको थियो ।दर्शकले अब छिट्टै ‘हाउँसफूल ४’ हेर्न पाइने छ ।