‘बाहुबली २’अब चिनमा


भारतमा सर्वाधिक कमाई गर्न सफल फिल्म ‘बाहुबली २’ अब चिनमा रिलिज हुने भएको छ । सेक्रेट सुपरस्टार, दंगल र बजरंगी भाइजानको सफलता पछि बाहुबली २ले चिनमा रिलिजको मौका पाएको हो । चाइनिज सेन्सरले बाहुबली २ लाई चिनमा प्रदर्शनको आज्ञा दिइसकेको भए पनि रिलिज डेट भने तय भैसकेको छैन ।

प्रभास, राना डग्गुबती, अनुष्का शेट्टी, सत्यराज, तमन्नाह स्टारर फिल्मले भारतीय बक्स अफिसमा १ हजार करोड भन्दा माथिको व्यापार गरेको थियो । फिल्मले हिन्दी भर्सनमा मात्र ५११.३० करोड कलेक्सन गरेको थियो भने विश्वव्यापी रुपमा फिल्मको कलेक्सन १७ सय करोड माथि छ । विश्वव्यापी कलेक्सनमा यो ‘दंगल’ पछिको सर्वाधिक ब्यापार हो । चिनमा दंगल र सेक्रेट सुपरस्टार अगाडी भारतका ५ फिल्म आमिर खानको थ्री इडीइट्स, धूम ३, पिके, दंगल र सेक्रेट सुपरस्टार प्रदर्शन भैसकेका छन्, भने, सलमान खानको बजरंगी भाइजान प्रदर्शनरत छ ।

यी सिनेमा मध्ये चिन बक्स अफिसमा दंगलको कलेक्सन धेरै छ । दंगलले चीनमा १९१.१५ मिलियन डलर कमाई गरेको छ भने सेक्रेट सुपरस्टारले ११७.६६ मिलियन डलर कमाई गरेको थियो । त्यस्तै प्रदर्शनरत बजरंगी भाइजानले ३५.९० मिलियन डलर कमाई गरिसकेको छ । अब हेर्न बाँकी छ, बाहुबली २ ले कुन-कुन रेकर्ड तोड्ने छ ?