महाभारतमा आमिरको लुक्स यस्तो, बाहिरियो फोटो (फोटो फिचर)

बाहुबली निर्माता एसएस राजमौलीले फिल्म महाभारत निर्माण गर्ने भए पछि सुपर स्टार आमिर खानले कर्ण या कृष्ण मध्ये कुनै एक रोल गर्ने इच्छा ब्यक्त गरेका थिए । मिस्टर पर्फेक्सनिस्टको ड्रिम प्रोजेक्टमा यो इपिक रहेको कुरा यसबाट प्रष्ट हुन्छ । मुकेस अम्बानीको रिलायन्स ग्रुपको बोर्डमा आएपछि यो फिल्म भब्य रुपमा चिनमा समेत प्रदर्शनमा आउने भएको छ । उनका अघिल्ला फिल्महरुको ब्यापार समेत चिनमा राम्रो भएको कारण उनको ड्रिम प्रोजेक्टको प्रदर्शनीका लागि उनले चिन छानेका छन् ।

यो पहिलो पटक भएको हो कि भारतीय प्रोडुसरले भारत संगै चीनमा फिल्म रिलिज गर्न लागेका छन् । आलिया भाट र अमिर खानलाई एकसाथ एअरपोर्टमा देखेपछि यो कुरा बाहिर आएको थियो । यसबाट प्रस्ट हुन्छ कि आमिर मिस्टर पर्फेक्सनिस्ट मात्रै नभएर उनमा मार्केटिंगको राम्रो ज्ञान पनि रहेको छ । ‘मेरो ड्रिम प्रोजेक्ट हो माहाभारत तर म एकदम डराए यसलाई सुरु गर्न जसको कारण मैले १५ देखि २० बर्षको समय ढिलो गरे ।’ आमिर खानले भनेका छन् ।

‘मेरो प्रिय क्यारेक्टर कर्ण भएपनि मेरो फिजिकल स्ट्रक्चरको कारण गर्न सक्दिन यसै कारण म कृष्णको रोल गर्दैछु’ । उनले भने महाभारत दस भागमा निर्माण हुदैछ । यसको निर्माण संभवत २०१९ मा मात्रै हुनेछ । केहि मानिसहरु भने मुस्लिम भएका कारण आमिरलाई महाभारतमा हेर्न चाहिरहेका छैनन् । महाभारत चर्चाको बिषय बनिरहदा महाभारतमा देखिने आमिरको लूक्स बाहिरिएको छ । उनले महाभारत कै लागि चेन्ज गरेको लूक्सको फोटोहरु यतिबेला भारतीय मिडियामा छाएका छन् ।

फोटोमा हेर्नुहोस आमिरको महाभारत अवतार :

 

तस्बिर – एजेन्सी