90औ ओस्कार अवार्ड, को को बने उत्कृष्ट ?

हलिउडमा सोमबार भएको ९०औ एकाडेमी (ओस्कार ) अवार्ड समारोहमा ओल्डम्यान  ‘डार्केस्ट अवर’ ले बेस्ट एक्टर र फ्रांसेस मेकडोरमंड ‘थ्री बिलबोर्ड आउटसाइड एबिंग  मिसौरी’ ले बेस्ट एक्ट्रेस अवार्ड प्राप्त गरे । मेक्सिको मूल को गुइलेर्मो डेल तोरो को फिल्म ‘द शेप अफ वाटर ‘ सबै भन्दा सफल फिल्म बन्यो।

‘द शेप अफ वाटर ‘ १३  विधामा मनोनित थियो। यस फिल्मले ४ वटा ओस्कार जीत्यो : बेस्ट फिल्म, बेस्ट डाइरेक्टर, बेस्ट ओरिजिनल स्कोर तथा बेस्ट प्रोडक्शन डिजाइन। क्रिस्टोफर नोलान को ‘डनकर्क’ लाई ३ , जो राइट लाई ‘डार्केस्ट आवर’ लाई २  ओस्कार प्राप्त भयो। १३ पटक गल्ति गरेता पनि सिनेमेटोग्राफर रोजर डीकिन्स ओस्कार प्राप्त गर्न सफल भए । रोजर को ‘ब्लेड रनर २०४९’ को लागि पुरस्कार प्राप्त भयो। ८९ बर्षका जेम्स आइवरी ओस्कार जित्ने सबै भन्दा बढी उमेरका व्यक्ति थिए। उनले ‘कल मी बाइ युर नेम’ को लागि बेस्ट एडाप्टेड स्क्रीनप्ले को अवार्ड प्राप्त गरे । उक्त समारोहमा शशी कपूर र श्रीदेवीलाई श्रद्धाञ्जली दिईयो । शशि कपूरको ४  डिसेम्बर र श्रीदेवी को २४ फेब्रुअरी  निधन भएको थियो । भारतका नायक अली फजल र ब्रिटिश स्टार जूडी डेंचको भूमिका वाली विक्टोरिया एंड अब्दुलले ओस्कार प्राप्त गर्न असफल भए ।
महारानी विक्टोरियाको नोकरको भूमिकामा थिए फजल
फिल्म ‘विक्टोरिया एंड अब्दुल’मा अली फजलले क्वीन विक्टोरियाको नोकरका भूमिका निभाएका छन् । डेंच, विक्टोरियाको भूमिकामा छन्। वे जेम्स बॉन्ड सीरीज मा समेत देखिएका छन्। विक्टोरिया एंड अब्दुल ब्रिटिश-अमेरिकन बायोग्राफिकल ड्रामा हो। यो चलचित्र शरबानी बसुको किताबमा आधारित छ । ‘विक्टोरिया एंड अब्दुल’ मेकअप, हेयरस्टाइल र कस्ट्युम डिजाइनको लागि मनोनित थिए। मेकअप-हेयर स्टाइलिंगमा ‘डार्केस्ट अवर’ र ‘फेन्टम  थ्रेड’ को कस्ट्युम डिजाइनमा अवार्ड मिलेको थियो।
ओल्डम्यान चर्चिलको भूमिकामा
‘डार्केस्ट अवर’ दोस्रो विश्व युद्धको पृष्ठभूमिमा बनेको फिल्म हो जसमा ओल्डम्यान विन्स्टन चर्चिलको भूमिकामा छन्  । चर्चिलको नेतृत्वमानै दोस्रो विश्व युद्धमा बेलायतले जित हासिल गरेको थियो ।  ४९बर्षिय सम रकवेललाई बेस्ट सपोर्टिंग एक्टर (पुरुस) को अवार्ड प्राप्त भयो । उनले चलचित्र  ‘थ्री बिलबोर्ड्स आउटसाइड एबिंग, मिसौरी’ मा एक पुलिस अफिसरको भूमिका निभाएका थिए। यस भन्दा पहिला रकवेलले यस चलचित्र मै बाफ्टा, गोल्डेन ग्लोब तथा स्क्रिन एक्टर्स गिल्ड अवार्ड प्राप्त गरिसकेका छन्। उनले आफुले प्राप्त अवार्ड पुर्व हलिउड एक्टर फिलिप सेमूर हाफम्यानलाई समर्पण गरे ।
अवार्ड कार्यक्रममा प्रियंका अनुपस्थित
बलिउड एक्ट्रेस प्रियंका चोपंडा जो आजभोली हलिउड फिल्ममा बढी ब्यस्त हुने गरेकी छिन्, ओस्कार अवार्डमा उपस्थित हुन सकिनन् । उनले सामाजिक संजालमा बताइन  किन उपस्थित हुन सकिनन्  उक्त कार्यक्रममा भनेर । उनले लेखेकी छिन् कि उनको स्वास्थ्य अवस्था ठिक छैन यहि कारण उपस्थिति जनाउन सकिनन् ।
कुन विधामा कसले अवार्ड प्राप्त गरे
बेस्ट सपोर्टिंग एक्ट्रेस : एलिसन जैनी ‘आई, तान्या’
बेस्ट सपोर्टिंग एक्टर- सेम रकवेल ‘थ्री बिलबोर्ड्स आउटसाइड एबिंग मिसौरी’
ओरिजिनल गीत : फिल्म  ‘कोको’ को रिमेंम्बेर मी…
बेस्ट सिनेमेटोग्राफी : ‘ब्लेड रनर 2049’ को लागि  रोजर ए डिकेन्स
ओरिजिनल स्क्रिनप्ले : ‘गेट आउट’ का लागि  जोर्डन पीले
एडाप्टेड स्क्रीनप्ले- ‘कल मी बाइ यूअर नेम’ का लागि जेम्स आइवरी
बेस्ट डकुमेन्ट्री सुट : ‘हेवन इज अ ट्राफिक जाम अन द ४०५’
बेस्ट एडिटिंग : ‘डनकिर्क’ का लागि ली स्मिथ
साउण्डमिक्सिंग : ‘डनकिर्क’ का लागि ग्रेग लेडेकर, गेरीए रिज्जो र मार्क वाइनगार्टन
साउण्ड एडिटिंग : ‘डनकिर्क’ का लागि रिचार्ड किंग तथा एलेक्स गिबसन
बेस्ट भिज्युअल इफेक्ट्स : ‘ब्लेड रनर 2048’ का लागि जोन नेल्सन, गर्ड नेफजर, पल लेमबर्टतथा रिचार्ड आर ह्युवर
बेस्ट एनिमेटेड फिल्म : ‘कोको’, ली उनकिर्च तथा डार्ला के एंडरसन
बिदेसी भाषाको फिल्म : चिली को ‘ अ फेन्टस्टिक वोमन’
बेस्ट डकुमेन्ट्री : ‘इकारस’ का लागि ब्रियान फोगेल तथा डेन कोगन
कस्ट्युम डिजाइन : ‘फेन्टम थ्रेड’ का लागि मार्क ब्रिजेस