अमिताभ बच्चनले देशको यो कानून मान्न इन्कार गरे

अमिताभ बच्चनले आफ्नो ब्लगमा ७० बर्ष पुरानो कपीराइट एक्टमा प्रश्न उठाउदै यसलाई बकवास भनेका छन् । १९५७ को कपीराइट एक्टमा मौलिक साहित्य, ड्रामा, म्यूजिकल र आर्टिस्टिक वर्कको नियम अनुसार कसैको कला, रचना मृत्युको ७० बर्ष पछि कपीराइट लागू हुने रहेको बताए । उनको प्रश्न छ, ‘लेखकको रचना, कला जो उसको मृत्य पछि पनि रहने गर्छ त्यसलाई के ७० सालको लिमिट सही हो ?’ ७० साल, ७१ साल नभएर यो अनंतकालसम्म रहिरहने उनको भनाई छ । अमिताभले आफ्नो बुबाको लेखनमा सिर्फ आफ्नो हक रहेको बताए ।
अमिताभले लेखेका छन् :
– कनैपनि मैलिक रचनामा लेखकको पहिचान हुन्छ, जुन उनको मृत्यको ७० बर्षपछि पब्लिकको हुन्छ । आखिर कसले बैद्धिक अधिकार दियो ?
–  यो नियम लागू भएदेखी नै म निरास छु
–  म कपीराइटको बिरोधमात्र नभएर असहमत पनि गर्छु किनकि मेरो धरोहर सिर्फ मेरो हो । मेरो बुबाको रचनाको उत्तराधिकार सिर्फ म हु र मेरो सम्पति पब्लिको साझा सम्पति हुनसक्दैन ।