अभिनय छोडेर बच्चा जन्माउदै दीपिका


लामो समय देखि दीपिका पादुकोण र रणवीर सिंहको विवाहको खबर आइरहेको छ । खबर छ, दुई परिवारले विवाहको ४ डेट फिक्स गरेका छन् । सेप्टेम्बर देखि डिसेम्बरको बिचमा सम्भवत यी दुइले विवाह गर्ने छन् । एक इन्टरभ्युमा दीपिकाले भनेकी थिइन् कि उनी विवाह पछी अभिनय छोड्ने छिन र धेरै बच्चा जन्माउने छिन ।

दीपिका रणवीरको विवाह हिन्दु धार्मिक परम्परा अनुसार प्राइभेट सेरेमोनीमा  परिवारका सदस्य तथा नजिकका साथीहरुको बीच हुनेछ । अहिले सम्म रिसेप्सन दिने नदिने भन्ने बारेमा दुइ केहि बोलेका छैनन्  ।  डेट फाइनल भएपछी विवाह भारतमा हुने कि बाहिर फाइनल हुनेछ ।  ड्रेस र ज्वेलरी भने लगभग फाइनल भैसकेको छ ।