संजय दत्तको रोजाईमा ऐश्वर्या


ऐश्वर्या राय बच्चनको चार्म, अदा र  सुन्दरताले  उनलाई  बलिउडमा सबै भन्दा अलग बनाएको छ । यस समय पनि उनलाई लगातार फिल्मको अफर आइरहेको छ । तर उनी आजकाल चुजी भएकी छिन् ।

अभिनय कलाकै कारण ऐश्वर्यालाई राम्रा राम्रा रोल अफर दिन फिल्ममेकर्स उत्सुक छन्  । जब क्लासिक फिल्मको रिमेकको कुरा आउछ सुरुमै ऐश्वर्याको नाम आउछ  ।  उनले बताइन  ‘रात और दिन’ तथा ‘ वो कौन थी’ को रिमेकको लागि उनलाई अफर आएको छ  ।

दुवै फिल्ममा भूमिका जबर्दस्त रहेको छ  । दोस्रो पटक पर्दामा उतार्नको लागि निर्माताले उनलाई चुने  । ऐश्वर्याले बताइन्, फिल्म ‘शब्द’ सुटिंगको समय संजय दत्तले भनेका थिए कि यदि ‘रात और दिन’ फिल्म को रिमेक बन्छ भने त्यसमा उनलाई लिनु पर्छ  । यो कुरा बाट अनुमान गर्न सकिन्छ कि यस फिल्ममा संजय दत्तको पनि भुमिका रहेको छ  ।

अहिले ऐश्वर्या ‘फंने खा’ को सुटिंगमा ब्यस्त छिन्  ।  फिल्ममा उनको भूमिका धेरै महत्वपुर्ण छ र कहानी उनकै कारण अगाडी बढछ  । यस फिल्ममा अनिल कपुर तथा राजकुमार राव पनि देखिन्छन  । ऐश्वर्या अन्तिम पटक करण जौहरको फिल्म ‘ए दिल हे मुस्किल’ मा नजर आएकी थिइन् जहाँ उनको छोटो तर महत्वपुर्ण भूमिका रहेको थियो   ।