सलमान खानको केस ‘सेशन कोर्ट’मा सुनुवाइ हुँदै


कालो हरिण मारेको भन्दै अदालतबाट दोषी ठहर भएपछि पाँच वर्ष जेलमा बस्न बाध्य भएका बलिउड स्टार सलमान खानको अनुरोधमा सेशन कोर्टमा सुनुवाइ हुने भएको छ। सेशन कोर्टमा न्यायाधीश रवीन्द्र कुमार जोशीले सलमान खानको जमानतको सुनुवाइ गर्ने छन्। यता, सलमानका वकिलले केही फाइल लिएर जेल पुगेका छन् भने सलमानको हस्ताक्षर समेत लिएका छन्।

सलमानको वकिल आनन्द देसाई तथा बडीगार्ड शेराले विहान ७ बजे जेलमा भेटघाट गरेका थिए। सलमान खानले विहान ७ बजे नै जेलको क्यानटीनबाट आफ्नो लागि दुध र रोटी मगाएका थिए। विहीबार नै सलमानको वकिलले चिफ जुडिसियल मेजिस्ट्रेटको फैसलापछि सुनुवाइ गर्ने प्रयास गरे पनि सेशन कोर्टले शुक्रबार सारेको थियो। सलमानलाई जोधपुर अदालतले पाँच वर्ष जेल र १० हजार जरिवाना तिर्न पर्ने बताएको छ ।