अमिताभ पत्नी जया जन्मदिन मनाउदै


जया बच्चन बलिउडकी एक प्रभावशाली तथा सफल अभिनेत्री आज जन्मदिन मनाउदै छिन । उनको जन्म ९ अप्रिल १९४८ मा भएको थियो । उनी बंगाली लेखक तरुण भादुरीकी छोरी, बलिउड मेघास्टार अमिताभ बच्चनकी पत्नी तथा श्वेता नन्दा तथा बलिउड अभिनेता अभिषेक बच्चनकी आमा हुन् । २००४मा उनलाई राज्य सभाको सदस्य चुनिएको थियो तर २००६ मा जया बच्चनले दोहोरो भूमीका कारण यो पद छोड्नु परेको थियो ।

जयाले १९६३मा सत्यजित रेको बंगाली फिल्म ‘महानगर’ बाट आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन् । उनको फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन तर उनको अभिनयको सबैले खुलेर प्रसंसा गरे । बलिउडमा उनको पहिलो फिल्म ‘गुड्डी’ थियो । त्यसपछि उपहार, जवानी दिवानी, अनामिका और बवर्ची लगायतमा काम गरिन । जंजिर, अभिमान, चुप्के चुप्के, सोले, कभी खुशी कभी गम, कोई मेरे दिल से पूछे, कल हो ना हो लगायत सुपरहिट फिल्ममा उनले आफ्ना पति अमिताभसंग अभिनय गरिन । विवाह पश्चात भने उनले आफ्नो फिल्मी करियरलाई धेरै समय ब्रेक लगाइन।

१८साल पछि जया फिल्म ‘हजार चौरासी की माँ’ मार्फत फिल्मी जगतमा फर्किइन । त्यसपछि भने उनले आमाको भूमिका मात्रै निभाउदै आएकी छिन ।२००२ मा फिल्म फिजामा करिश्मा कपुर तथा ऋतिक रोशन संग अभिनय गरिन । उनको प्रसंसनिय भूमिकाको लागि फिल्मफेयर सर्वश्रेष्ठ सहायक अभिनेत्रीको पुरस्कार प्रदान गरिएको थियो ।