सोनमको विवाहमा दीपिका-रणवीर इन्भाईटेड


सोनम कपुर र आनन्द आहुजा ६ र ७ मेमा विवाह गर्दै छन् । मुम्बईमा विवाह गरेपछी दिल्लीमा ग्राण्ड रिसेप्सन दिने छन् । किनकी आनन्द दिल्लीका हुन् । यस भन्दा अघि दुई परिवारले जयपुर या उदयपुरमा विवाह गर्ने प्लान गरेका थिए । त्यस पस्चात स्विजरल्याण्डको कुरा आएको थियो । तर अब फाइनल्ली मुम्बई फिक्स भएको छ ।

विवाहमा करिव १५०जनाको उपस्थिति रहने छ । यति धेरैलाई स्विजरल्याण्ड लैजान समस्या हुने भएकोले नयाँ डेस्टिनेसन चुनिएको हो । विवाहको तयारीमा परिवारवालाहरु जोडतोडले लागि परेका छन् । विवाहमा रणवीर र दीपिकालाइ समेत बोलाइएको छ ।