सलमानको ‘भारत’ को फस्ट लुक सार्वजनिक

सलमान खानको फिल्म ‘भारत’ को सुटिंग सुरु भै सकेको छ । फिल्मका निर्देशक अली अब्बास जाफरले फिल्म सुटिंग को पहिलो तस्विर सार्वजनिक गरेका छन् । फिल्मको ट्याग लाइन ‘अ जर्नी अफ अ म्यान एण्ड अ नेसन टुगेदर’ रहेको छ । भारत २०१९मा रिलिज हुने छ । भारत सलमान खान को सबै भन्दा महँगो फिल्म हो । फिल्म १८० करोडको बजेटमा बन्ने अनुमान गरिएको छ ।
अतुल अग्निहोत्री र भुषण कुमारको ब्यानरमा बन्न लागेको यो फिल्म २०१४मा प्रदर्शनमा आएको कोरियन फिल्म ‘अड टु माइ फादर’ को कहानी मा बन्न लागेको हो । भारत एक मानिसको जीवनको ७० वर्षको कहानी हो, जहा उ अलग अलग घटनामा अल्झिने गर्छ । यस फिल्ममा सलमान १७ देखि ७० वर्ष सम्मको मानिसको भूमिकामा देखिने छन् । अहिले सम्म हिरोइन फाइनल भएको छैन । तर कट्रिना र प्रियंका दुवै जना देखिन सक्ने सम्भावना बढी छ ।

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

प्रतिक्रिया