करण अगाडी बिपासा बाशुका ६ अफेयर

बलिउड एक्ट्रेस विपासा बासु एक्टिंग वर्ल्ड भन्दा टाढा आफ्नो बैवाहिक जिन्दगी बिताईरहेकी छन् । उनी प्राय आफ्ना पति करण सिंह ग्रोवरसंगको फोटो पोष्ट गर्ने गर्छिन । २०१६ अप्रिल २०१६ मा आफु भन्दा ३ वर्ष साना प्रेमी करण संग विवाह गरेकी बिपासाका करण सातौ प्रेमी हुन् । उनका ६ जना प्रेमी को को थिए त ?
१. मिलिन्द सोमन
बिपासाको पहिलो प्रेमी मिलिन्द सोमन हुन् । बिपासा आफु भन्दा १३ बर्ष ठुला मिलिन्दसंग मोडलिङको दिनमा नजिकिएकी थिइन् । जुन समय बिपासा मोडलिंगमा आएकी थिइन्, त्यो समय मिलिन्द सुपरमोडल भैसकेका थिए । मोडलिंग असाइनमेन्टमा यी दुई नजिकिए र डेट गर्न थाले र चाडै नै एक अर्का बाट अलग्गिए ।
२. डीनो मोरीया
मिलिन्द पछी बिपासा फिल्म ‘राज’ मा को स्टार डीनो मोरीयासंग नजिकिइन् । यी दुइ को सम्बन्ध टक अफ द टाउन भएको थियो । उनीहरु फिल्म सुटिंग भन्दा अगाडी नै रिलेसनमा थिए । तर यी दुइ पनि २००१मा आएर अलग भए । यस बिषयमा डिनोले एक इन्टरभ्युमा हामी दुई योंग थियौ र पहिलो पाटक मुम्बईमा उनीसंग डेट गरेको बताए ।
३. जोन अब्राहम
बलीउडमा कुनै अविवाहित जोडीले यति चर्चा कमाएका थिएनन् जति बिपासा र जोनको रिलेसनसिप ले पायो । डिनो पछी बिपासाले एक्टर जोन संग सम्बन्द स्थापित गरिन । यी दुइ बलीउडका हटेस्ट कपल मध्ये एकमा पर्थे । ९ वर्ष सम्म संग संगै बसेका यी दुइ टाढा हुनुको खास कारण बाहिर आएन तर सुन्नमा आयो कि जुन समय बिपासा विवाहको लागि प्रेसर दिदै थिइन्, त्यो समय जोन विवाह गर्न चाहदैन थिए ।
४. राणा दग्गुबती
बाहुबलीबाट चर्चामा आएका एक्टर राणा पनि बिपासको लिस्टमा छन् । यी दुइले साथमा २०११मा फिल्म ‘दम मारो दम’ गरेका थिए । यो फिल्मको सेटमा यी दुइ एक अर्काको प्रेममा परेका थिए तर सम्बन्ध लामो समय टिकेन । राणाले बिपासालाइ चिट गरेको कारण यी दुई अलग भए ।
५. सेफ अलि खान
राणा भन्दा पछी सेफसंग पनि बिपासाको नाम जोडिएको थियो । फिल्म रेस २ को सुटिंगमा यी दुइ नजिकिएको खबर बाहिरिएको थियो । त्यो समय सेफको अमृतासंग डिभोर्स भएको थियो । २०१२ अक्टुबरमा करिना संग दोस्रो विवाह गरेपछि यो सम्बन्द यहि टुंगिएको थियो ।
६. हरमन बवेजा
१९ फेब्रुअरी २०१४मा आफ्नो छैटौ अफेयर एक्टर हरमन बवेजासंगको कन्फर्म गरेकी थिइन् । उनले एक ट्विट गर्दै लेखिन्, ‘हरमन र मा कपाल हौ । फाइनल्ली मैले त्यो व्यक्ति पाए जो म भन्दा कैयौ गुना बेटर छन्’ तर ६ महिनामै यी दुइ अलग भए । ब्रेकअपको कारण भने बाहिर आएन ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया