इलियाना डिक्रुज गर्भवती ?

- मेराेफिल्म


हिरोइन इलियाना डिक्रुज गर्भवती भएको चर्चा छ । उनी पहिलो बच्चाको पर्खाइमा रहेको भारतीय संचारमाध्यमले दावी गरेका छन् । सधैं व्यक्तिगत जीवनलाई मिडियाबाट टाढा राख्ने इलियानाको बारेमा केही समयअघि अर्को खबर भाइरल भएको थियो । उनले ब्वाइफ्रेण्ड एन्ड्रयु निबोनसँग गोप्य रुपमा बिहे गरिन् । यद्यपि यो कुरा उनले कहिल्यै स्वीकार गरेकी छैनन् । अहिले गर्भवती भएको विषयमा पनि उनी केही बोलेकी छैनन् ।

डिसेम्बर २०१७ मा उनले क्रिसमस मनाउँदै गरेको फोटो सामाजिक संजालमा राखेर फोटोको क्रेडिट एन्ड्रयु निबोनलाई दिएकी थिइन् । रोचक त के भने त्यतिबेला उनले क्याप्सनमा एन्ड्रयुलाई ब्वाइफ्रेण्ड नलेखी हबी अर्थात पति लेखेकी थिइन् । यही क्याप्सनका कारण उनले गोप्य रुपमा बिहे गरेको चर्चा चलेको थियो ।

२०७५ वैशाख ६ गते ११:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *