बृद्धा अनुष्का – नयाँ फिल्म नयाँ लुक


‘रब ने बनादी जोडी’ मा सिधा सादा तानी आफ्नो अघिल्लो फिल्म ‘बदमास कम्पनी’ मा बोल्ड रुपमा प्रस्तुत भइन् । फिल्म हेर्दा लाग्थ्यो के उनी अनुष्का नै हुन् त ? हरेक फिल्ममा नया नयाँ लुकमा देखा पर्दै गइन् उनी । ‘फिल्लौरी’ मा एक आत्मा, ‘परी’ मा डरलाग्दो भूमिकामा देखिएकी उनी आउदै गरेको फिल्म ‘सुइ धागा : मेक इन इन्डिया’ मा फरक भूमिकामा देखिदै छिन ।

भर्खरै अनुष्काको एउटा फरक रुप बाहिरीएको छ जहाँ उनलाई चिन्ने गारो हुने छ । यस पटक उनी बृद्ध महिलाको भूमिकामा देखा परेकी छन् । खैरो कुर्ता सलवार, चस्मा अनि सेतो कपाल लगाएकी उनको यो भिन्नै रुप हो । तर कुन फिल्मको लागि उनको यस्तो रुप बाहिरिएको भन्ने अझै पनि थाहा हुन सकेको छैन । उनको आउदै गरेको फिल्म जिरोको हुनसक्ने अनुमान भने गर्न सकिन्छ ।