१८ बर्षपछि स्क्रिन सेयर गर्दै अनिल – माधुरी

बलिउड एक्ट्रेस माधुरी दिक्षित लगातार आफ्ना पुराना कोस्टार्ससँग काम गरिरहेकी छन्, जसलाई एक समयमा दर्शकले एकदमै रुचाएका थिए । उनी संजय दत्तसँग २१ बर्षपछि फिल्म कलंकमा देखिदै छन् भने १८ बर्ष पछि फिल्म ‘टोटल धमाल’ मा अनिल र माधुरीलाई सँगै देखिने भएको छ । अनिल र माधुरीले अन्तिम पटक लज्जा फिल्ममा काम गरेका थिए । फिल्म टोटल धमाललाई इन्द्र कुमारले निर्देशन गरेका छन् । टिम अहिले शूटिंगमा ब्यस्त रहेको बताइन्छ । यो भन्दा पहिला इन्द्र कुमारले बेटा फिल्म यी दुई जोडीलाई नै लिएर निर्माण गरेका थिए । अनिलले आफू इन्द्र कुमारसँग फेरी काम गर्न पाएकोमा उत्साहित भएको बताए ।
केहि समय अघि फिल्मको टाईटल ट्राक शुट भएको छ भने फिल्मको फस्ट लुक पनि सार्बजनिक भइसकेको छ । जहाँ अनिल र माधुरीको जोडी शानदार देखिएका छन् । अनिल र माधुरीले हिफाजत, तेजाब, परिन्दा ,राम लखन, बेटा, पुकार जस्ता फिल्महरुमा सँगै काम गरिसकेका छन् । टोटल धमालको कुरा गर्ने हो भने अनिल र माधुरीसँगै अजय देवगन, अरशद वारसी, जावेद जाफरी, रितेश देशमुख, संजय मिश्रा लगायतको अभिनय हेर्न सकिन्छ । फिल्म ७ डिसेम्बरमा रिलिज हुने भएको छ ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया